नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा सिएरा ईभी नेपाल भित्रियो, ६६५ किमीसम्म रेन्ज र प्रिमियम फिचर
काठमाडौं । नाडा अटो शोलाई लक्षित गरेर टाटा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी नेपाल भित्राएको छ । आगामी साउन ९ गतेदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोलाई लक्षित गरेर टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल ल्याएको हो ।
