SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

वर्षायामको बिजुली खेर जान नदिन मौसमी विद्युत् दर लागू गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले बिजुलीको महसुल घटाएर विद्युत् खपत बढाउने तयारी थालेको छ । वर्षायाममा विद्युत् उत्पादन बढ्दा मागअनुसार खपत हुन नसकेर बिजुली खेर जाने अवस्था दोहोरिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो ।