SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

कैलाली । बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।