SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

अपाङ्गता भएका नागरिकको परिवारलाई निःशुल्क बीमा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम’ समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका लागि सो गाउँपालिकाले चालु आवमा रु १२ लाख विनियोजन गरेको छ ।