SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बने प्रा.डा. पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन् ।