SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

जनक परियारको संयोजकत्वमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताए ।