SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

२५ दिनभित्र दुग्ध किसानलाई भुक्तानीको व्यवस्था गर्ने मन्त्री चौधरीको उद्घोष

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छन् । मंगलबार प्रतिनिधि सभामा कांग्रेस सचेतक एवं सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएका हुन् ।