SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

दुग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने सरकारको तयारी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छन् । मंगलवार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् ।