SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

‘निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति’ कार्यान्वयनमा, के छन् प्राथमिकतामा ?

काठमाडौं । सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति’ जारी गरेको छ । देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोवलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याइएको सरकारले स्पष्ट गरेको छ ।