सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौँ खर्च गरेर ल्याइयो : बासना थापा
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीका नागरिकले आधारभूत स्वास्थ्य सेवा नपाइरहेका बेला मन्त्रीलाई भने लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले आम नागरिकले राहत र सामान्य औषधिसमेत पाउन नसकेको बताइन् ।
