SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति

एजेन्सी । इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातका लागि नयाँ मार्गको नक्शांकनका बारेमा सहमति भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिएका हुन् ।