आइएमई लाइफको नवौं वार्षिकोत्सव : सुदूरपश्चिम र कर्णालीमा १० ‘बेबी वार्मर’ वितरण गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरी मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा नवजात शिशुको उपचारमा प्रयोग हुने १० थान ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण वितरण गर्ने भएको छ ।
