मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ । आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृतकको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराई मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेका हुन् ।
