SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता दिउँसो साढे २ बजे सिंहदरबारमा हुन लागेको हो । चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् ।