SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

सहरबाट गाउँ फर्किएर हाँसपालनमा रमाएका चिरञ्जीवी

म्याग्दी । विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे । व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए ।