SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए ।