SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

साउनमै सरकारको आम्दानी ९३ अर्ब, खर्च कति भयो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको राजस्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन मसान्तसम्म सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आर्थिक वर्षको साउनको तुलनामा करिब १० प्रतिशत बढी हो ।