एभरेष्ट बैंकको पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले तानसेन नगरपालिका–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो । नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउण्टरको संख्या ५ पुगेको छ ।
