इरानसँगको वार्तामा अवरोध गरे ओमानमाथि हमला गर्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको कूटनीतिक वार्तामा अवरोध भए ओमानमाथि समेत कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ओमानले अमेरिका–इरान वार्तामा कुनै किसिमको अवरोध सिर्जना गरेमा ओमानमाथि बमबारी गर्न सक्ने बताएका हुन् ।
