रास्वपाले घोषणा गर्यो ‘क्याण्डिडेट क्लब’, यसले के काम गर्छ ?
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्याण्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ । सोमबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लब’को घोषणा गरेका हुन् ।
