SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

विद्यमान कानूनलाई समयसापेक्ष परिमार्जन गर्न सरकार प्रतिबद्ध: कानूनमन्त्री गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकका विद्यमान कानून तथा संहिताहरूलाई समयसापेक्ष बनाउन संशोधनको प्रक्रिया अघि बढाइने बताएकी छन् । सोमवार मुलुकी संहिता दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजको आवश्यकता र परिवर्तनलाई आत्मसात गर्न कानून लचिलो र गतिशील हुनुपर्नेमा जोड दिएकी हुन् ।