SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो

गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए ।