SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ७३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले खुद नाफा ७३ प्रतिशतले बढाएको छ । लघुवित्तले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७३.६४ प्रतिशतले बढेको हो । यस अवधिमा लघुवित्तले कुल १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।