SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुन–चाँदीको भाउ बढेको छ । आइतबार तोलामा तीन हजार ६०० रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार ६०० रूपैयाँ बढेर तीन लाख ६ हजार ८०० रूपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।