तबल भत्ता नलिने ऊर्जामन्त्री घिसिङको घोषणा
काठमाडौं : नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरूबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरे। नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा रहेका बेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्ने भन्दै उहाले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिइएको उल्लेख गरे।
