SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

जनकपुरधाम : जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। धनुषा प्रहरीले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलन तथा प्रदर्शनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेको धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।प्रहरी प्रमुख रेग्मीका अनुसार घटनामा संलग्नहरूमा शहीदनगर नगरपालिका–३ का शिवम साह र जनकपुरधाम उपमहानगरपालिका-१३ का काले पटेल रहेका छन्।