कांग्रेसले भन्यो– देउवा दम्पतीमाथिको आक्रमण निन्दनीय, दोषीलाई कारबाहीको माग
काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले यही भदौ २३ र २४ गतेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भएर पुनःनिर्माणको कार्यमा जुट्न सबैलाई अपिल गरेको छ। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकले देउवा दम्पतीमाथिको आक्रमण निन्दनीय भएको निष्कर्श निकाल्दै दोषीलाई कारबाहीको माग गरेको हो।
