SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

संविधान भित्रैबाट युवाको मागबमोजिम सरकार बनाउन सकिन्थ्यो, तर त्यसविपरीत काम गरियो : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले झन् बलियो भएर उठ्ने बताएका छन्। च्यासलस्थित पार्टी कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्यसहित एमाले उठ्ने बताए।'देशलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध लड्न नेकपमा एमाले कहिल्यै कमजोर हुँदैन। एमाले देशभक्तको मानक बनाएको पार्टी भएकाले हामी कहिल्यै कमजोर हुनेछैनौं। त्यसका बावजुद हाम्रा कमी कमजोरी होलान्। त्यसलाई सुधार गरिँदै लैजानुपर्छ,' उनले भने, 'हामी फेरि उठ्नेछौं।