SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

धरानमा एमाले कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग

सुनसरी : सुनसरीको धरानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपमहानगर कमिटी कार्यालयमा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ।एमाले धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा भित्रिएका केही शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप लगाएको छ।