SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

नवलपरासीका २० सरकारी गाडी आगजनीबाट पूर्ण क्षति

परासी : नवलपरासीमा भएको जेनजी प्रदर्शनमा भएको आगजनीबाट २० वटा सरकारी गाडी जलेर नष्ट भएको छ। प्रदर्शनका क्रममा २७ वटा सरकारी संरचनामा आगजनी र तोडफोड भएको छ।जिल्लामा भएको क्षति विवरण संकलन गर्न गठन भएको क्षति मूल्यांकन समितिले जिल्लाभर स्थानीय तहसहित अन्य सरकारी कार्यालयमा संकलन गरेको विवरणमा ३० वटा सवारी साधनमाथि क्षति भएको जनाएको छ। कार्यालयमा कर्मचारीले राखेका २ वटा निजी मोटरसाइकल पनि जलाएर नष्ट बनाइएको छ। अन्य ९ वटा सवारी साधनमाथि तोडफोड भएको छ।