ट्राफिक प्रहरीहरू व्यवस्थापनमा खटिए
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले युवाहरूको आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भए पनि ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जानकारी दिए।सडकका डिभाइडर, ट्राफिक बत्ति, सीसीटीभीमा समेत क्षति पुगेको उनले बताए।
