SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौं : सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले स्मारक पार्क बनाउने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए।उनका अनुसार पार्क निर्माण गर्ने स्थान पछि सुनिश्चित गरिनेछ। 'स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मार्क पार्क बनाउने निर्णय भएको हो,' उनले भने।