SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

मोरङमा आकस्मिक खरिद प्रक्रियामार्फत पुनर्निर्माण सुरु गर्ने तयारी

विराटनगर : जेनजी आन्दोलनका नाममा आगजनी र तोडफोड गरेर क्षतिग्रस्त बनाइएका मोरङका सरकारी कार्यालयहरुको पुनर्निर्माण अघि बढाउने तयारी थालिएको छ। भदौ २४ गतेको घटनाका कारण सरकारी संरचनामा व्यापक क्षति भएपछि तत्काल पुनर्निर्माणका लागि आकस्मिक खरिद प्रक्रिया अघि बढाउने तयारी भएको हो।