SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा

झापा : जेनजी समूहको हिंसात्मक आन्दोलनले झापामा ठूलो भौतिक क्षति भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले जिल्लाका १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरी अरबौँको क्षति पुर्‍याएका छन्। आगजनीले क्षति पुगेका स्थानीय तह र वडा कार्यालयहरू सहज रुपमा पुनः कसरी सञ्चालनमा ल्याउने भनी जिल्लाका पालिका (प्रमुख तथा उपप्रमुख), (अध्यक्ष तथा उपाध्यक्ष)हरुले एउटा साझा धारणा सार्वजनिक गरेको छ।