केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाण्डु – देशका केही प्रदेशमा वर्षाको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।
