SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

देउवा स्वदेश फर्किंदा के फरक पर्छ कांग्रेसमा ?

काठमाडौं : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा बिहीबार दिउँसो नेपाल फर्किंदैछन्। देउवा दिउँसो १२: २० बजे थाई एयरवेजमार्फत बैंकक हुँदै काठमाडौं आउने कार्यक्रम छ। उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ। यसअघि देउवा राति ९: ४५ बजे काठमाडौं आउने कार्यक्रम थियो।