SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

रोल्पाको उवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा : अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ८:४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिए।