SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता, थापामगरको पक्षमा क-कसले गरे हस्ताक्षर ?

मकवानपुर : नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद सतहमै पोखिएको छ। दलका नेता जगन्नाथ थपलियालाई पदबाट हटाउन माग गर्दै १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ।बुधबार हेटौंडास्थित प्रदेशसभा सचिवालय र एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराइएको हो। केही दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका दल नेता थपलिया मंगलबारमात्रै डिस्चार्ज भएका थिए।