राजीनामासँगै कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
उदयपुर : कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालय बिराटनगरमा कांग्रेसका सबै मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् । झण्डै दुई बर्षपछि कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सरकारको प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने छ ।
