SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सरकारी कार्यालयमा छड्के अनुगमन, ३४ कर्मचारी कारवाहीमा

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको  छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्। जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि  छुट्टाछुट्टै ४ समूह खटाइएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिए।