SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

‘अनलाइन ट्रयाकिङ’ बाट ग्यास आपूर्ति र वितरण सहज बनाइने छ : मन्त्री गौरीकुमारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम  तथा  उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् ।