SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

साउदीका जेलमा ९११ नेपाली, अधिकांशलाई लागूऔषध र मदिरासम्बन्धी मुद्दा

साउदी अरब : साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका  छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ ।  जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना र अन्य क्षेत्रमा २०० जना रहेका छन् ।