SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

लाल सागरमा व्यापारिक जहाजमाथि हुथीको आक्रमण: तीन पाकिस्तानी नागरिकको मृत्यु

काठमाडौं :  हुथी विद्रोहीहरूले  लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्।उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना घाइते भएका छन्।