सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा
काठमाडौं । नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । देशको ठूलो जनशक्ति युवा छ । युवासँग ऊर्जा छ, सिर्जनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता छ र परिवर्तन गर्ने साहस पनि छ तर यही युवा जनशक्ति आज रोजगारी, उद्यम, सीप र भविष्यको सुनिश्चितताको खोजीमा छ ।
