SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अदालत अगाडि मिटरब्याज पीडितले गरे आत्मदाहको प्रयास

जनकपुरधाम : धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको समयमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्।बुधबार दिउँसो अदालत अगाडि मिटर ब्याज पीडित महिला जनकपुरधाम- ४ की फुल कुमारी रजकले पेट्रोल आफ्नो शरीरमा खन्याएपछि प्रहरीले रोकेका थिए । अदालतमा पक्राउ परेका मिटर ब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ ।