SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अस्ताए साहित्यकार राजेन्द्र विमल

जनकपुरधाम :न पहाडी, न मधेसी, न हिमाली लेखियोस्।म मरे पनि मेरो पहिचान नेपाली लेखियोस्।पुर्खाको नाम लेख्नुपर्दा जनक र बुद्ध लेखिदिनु।उचाइ मेरो लेख्नलाई सगरमाथा देखाइदिनु।घरबार मेरो मेचीदेखि काली लेखियोस्।म मरे पनि मेरो पहिचान नेपाली लेखियोस्।वरिष्ठ  साहित्यकार प्रा.डा. राजेन्द्र विमलले लेखेका यी पंक्तिहरू उनको देहावसानसँगै  सार्थक भएका छन्। विमलको सोमबार राति पौने १ बजे जनकपुरको प्रादेशिक  अस्पतालमा उपचारका क्रममा निधन भएको उनका कान्छा छोरा डा. विभाष लाभले बताए ।