SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

एक्स्पोमा टाटाको नयाँ पन्च र टियागो ईभी सार्वजनिक

काठमाडौं : टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर नयाँ ‘पन्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ।नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।