SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ ।