अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बाराकी बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै यसको न्यायिक छानबिन गर्न माग गरे ।
