SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी । हुण्डी कारोबारमार्फत रु एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।